काठमाडौं । चिनियाँ दूतावासले आफ्ना नागरिकले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएर पेश गरेको पीसीआर रिपोर्ट अस्वीकार गरेको छ ।
नेपाली सेनाले चीनबाट खरिद गरेको बायो टेक सन सियोर कम्पनीको १ एमएलको भीटीएममा चिनियाँको स्वाब संकलन गरिएको थियो ।
स्वदेश फर्किन लागेका चिनियाँ नागरिकको पीसीआर गरिदिन भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर २६ को कार्यालयले सिफारिस गरिदिएपछि शुक्रबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले ५९ जनाको स्वाब संकलन गरेको थियो ।
ईडीसीडीका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलको टोली स्वाब संकलनगर्न ठमेलको ज्याँठास्थित एक होटलमा गएका थिए ।
प्रयोगशालाले बुधबार दिएको रिपोर्ट दूताबासमा पेस गर्दा अस्वीकार भएको वडाध्यक्ष ख्यामराज तिवारीले बताए । -कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्