Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


आज काठमाडौं उपत्यकालगायत विभिन्न शहरमा गाईजात्रा पर्व मनाईदै, वर्षभरि दिवंगत भएका आफन्तको सम्झना


0
Shares

काठमाडौं । काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइएको छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो ।

यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।

यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।

शहरमा गाई पाल्नेहरुले भने साच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ ।

नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ भने पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरेर पनि यस पर्व मनाउन थालिएको छ ।

काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्‍यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ ।

कोभिड – १९ को संक्रमण वढ्दै गएपछि यसपटकको गाईजात्रा विचार पु¥याउनुपर्ने अवस्था रहेका छ ।

सरकारले बालबालिका र जेष्ठ नागरिकलाई भिडभाडमा नल्याउन भनेपछि यसपटको गाईजात्रा विगतमा जस्तो नहुने भएको छ ।

गाईजात्राको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।