
तस्विर : फाइल
लमजुङ, साउन १९ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रसँग मिलेर प्रदेशभरी बाढीपहिरोबाट विस्थापितहरुको स्थायी घर बनाउने बताउनुभएको छ ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ पल्लोटारीमा सोमबार पहिरो निरिक्षणपछि उहांले सरकारले विस्थापितहरुलाई स्थायी घर बनाएर पुनस्थापना गर्ने आश्वासन दिनुभयो ।
मुख्यमन्त्री गुरुङले यतिबेला बाढीपहिरो पीडितहरुको राहत र उद्धारको काम भैरहेकाले विस्थापितहरुलाई अस्थायी बसोबासको ब्यवस्थापन गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
मुख्यमन्त्रीले तरापु पल्लोटारीका पूर्णरुपमा घर क्षति भएका २१ परिवारलाई जिल्ला विपद् कोषबाट दिइने राहत वितरण गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्