
भैरहवा । नावालकको सवारी ज्यान सम्बन्धी मुद्धा मिलाईदिन्छु भन्दै घुस माग्ने रुपन्देही जिल्ला अदालतका एक कर्मचारी घुससहित पक्राउ परेकी छन् ।
जिल्ला अदालतकी बाल मनोविज्ञ शान्तीदेवी अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले १० हजार घुस सहित रंगे हात पक्राउ गरेको हो ।
अधिकारीलाई भैरहवाको अञ्चलपुर स्थित नेपाल बिद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रको परिषर भित्रबाट पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । उनको थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्