१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


फेरि देशब्यापी लकडाउन गर्ने चर्चा


0
Shares

काठमाडौं । विराटनगर, वीरगन्ज, राजविराजलगायत स्थानमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकमा विभिन्न रुपमा पुनः लकडाउन गर्न थालिएको छ ।

यससँगै एक सय २० दिन लकडाउन भोगेको देशबासीबीच फेरि लकडाउन हुने चर्चा सुरु भएको छ ।

साउन १५ मा बसेको कोरोना निर्देशक समितिको बैठकमा पनि कोरोना बढ्दै गए नयाँ निर्णय गर्ने विषयमा छलफल भएको बताइएको छ ।

लकडाउन खुलेसँगै देशभरि आवतजावत गर्नेको संख्या र संक्रमितको दर पनि बढेको देखिन्छ ।

सबैभन्दा बढी जनघनत्व भएको काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको विषयमा सीसीएमसी सचिबालय र उपप्रधान तथा रक्षामन्त्रीको नेतृत्वमा रहेको सीसीएमसी निर्देशक समितिमा छलफल भइरहेको छ ।

‘केही दिनलाई परीक्षण दायरा बढाउने र नतिजाको आधारमा निर्णय गर्ने भन्ने कुरा भएको छ’, सीसीएमसी सचिबालयका संयोजक एवम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिब महेन्द्रप्रसाद गुरागाईले भने । -कान्तिपुर दैनिकबाट