Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


‘क्यालिब्रेसन’बिनै १८०० ट्यांकरबाट ढुवानी


0
Shares

काठमाडौं, जेठ २७ । नेपालको कानुनअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने हरेक ट्यांकरले बर्सेनि क्यालिब्रेसन गर्नुपर्ने भए पनि १८ सय हाराहारी ट्यांकरले क्यालिब्रेसन नगरी इन्धन ढुवानी गर्दै आएका छन् ।

इन्धन ढुवानी गर्न नेपाल आयल निगमबाट अनुमति लिएका करिब १९ सयमध्ये एक सय ट्यांकरले मात्र क्यालिब्रेसन गराएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार निगमबाट अनुमति लिएका एक सय ट्यांकरले मात्र यो वर्ष क्यालिब्रेसन गराएका छन् ।

ट्यांकरबाट इन्धन ढुवानी गर्दा परिमाण ठिक छ छैन भनेर मापन गर्ने प्रविधि क्यालिब्रेसन हो । –नागरिक दैनिकबाट