
चितवन, जेठ २६ । चितवनको पहाडी भेगबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।
राप्ती नगरपालिका वडा नम्बर १२ परखाल भन्ने स्थानबाट करिब ९० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक बसन्त आचार्यको नेतृत्वमा गएको प्रहरी टोलीले प्लाष्टिकको बोरामा लुकाई राखेको गाँजा शनिबार बरामद गरेको हो ।
गाँजा लुकाई छिपाइ राखेको गोप्य सूचनाको आधारमा शुक्रबार राति प्रहरी टोली उक्त स्थानतर्फ गएको थियो । उक्त भेगबाट यसअघि पनि प्रहरीले करिब २ सय ५० केजी गाँजा बरामद गरेको थियो ।
गाँजा तस्करहरुको खोजी कार्य तिब्र पारिएको र बरामद गरिएको गाँजा प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय भण्डाराका प्रमख एवं प्रहरी निरीक्षक बसन्त आचार्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्