Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


मिडिया काउन्सिल विधेयक जस्ताको तस्तै पारित नहुने सत्तारुढ दलकै नेताको दावी


0
Shares

भैरहवा, जेठ २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले मिडिया काउन्सिल विधेयक सरकारको असावधानीका कारण आएको बताएका छन् ।

नेपाल पत्रकार महासंघले विधेयकको विरोधमा चरणवद्ध आन्दोलन गरिरहँदा सरकार मौन रहेको समयमा सत्तारुढ दलका नेता भुसालले भने विधेयक संशोधन हुने बताएका हुन् ।

आज भैरहवामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधेयक सरकारको असावधानीका कारण पार्टीसँग कुनै छलफल नगरी आएकाले जस्ताको त्यस्तै पारित नहुने स्पष्ट पारे ।

पार्टी व्यवस्थित नभई सरकारका काम व्यवस्थित हुन नसक्ने भन्दै उनले पार्टीको अन्तरविरोधका कारण राष्ट्रलाई क्षति पार्न नहुने धारणा राखे ।