२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेपाल टेलिकम विरुद्ध मुद्दा : २० घन्टा रिचार्ज सेवा अवरुद्ध हुँदा १५ हजार क्षतिपूर्ति


0
Shares

काठमाडौं । भक्तपुरका राजकुमार सुवाल नेपाल टेलिकमको पोष्टपेड मोबाइल सेवाका ग्राहक हुन ।

०७५ भदौ २९ गते शुक्रबार साँझ ६ः४१ मा उनको मोबाइलमा टेलिकमबाट एउटा सन्देश आयो ।

जसमा लेखिएको थियो,‘तपाईको तिर्नुपर्ने ब्यालेन्स ४ हजार ५ सय ७३ रुपैंयाँ छ र तपाइँले उपभोग गर्न पाउने ब्यालेन्स ४ सय २६ रुपैंयाँ छ । सेवा बन्द हुन नदिन चाँडै विल तिर्नुहोस ।

मोबाइल ब्यालेन्स अझै छ भनेर ढुक्क भएर बसेका उनलाई भोलिपल्ट शनिबार बेलुका ७ बजेतिर अर्को सन्देश आयो ।

जसमा लेखिएको थियो, ‘तपाइँको मोबाइलबाट फोन जान बन्द गरिएको छ ।’ यस्ता म्यासेज देखेपछि उनले तत्कालै ५ सयका दुईवटा रिचार्ज किनेर मोबाइलमा ब्यालेन्स भरे ।

रिचार्ज गरेपछि राति साढे ९ बजेतिर उनलाई अर्को म्यासेज आयो । जसमा लेखिएको थियो,‘तपाइँले तिर्नुपर्ने रकम ३ हजार ८ सय ४० रुपैंयाँ छ भने उपभोग गर्न मिल्ने ब्यालेन्स अझै १ हजार १ सय ६ रुपैंयाँ छ ।’
ब्यालेन्स सकिएका कारण आएको फोन उठाउन मात्रै मिल्ने तर फोन गर्न नमिल्ने अवस्थामा पुगेको मोबाइल खुल्ने प्रतिक्षामा रात विताए ।

तर, मोबाइलको सेवा भोलीपल्ट विहान ११ः४५ तिर मात्र सुरु भयो ।

शनिबार रातिदेखि बन्द भएको आइतबार बिहान पौने १२ बजे मात्रै खुलेपछि सोही दिन उनले काठमाडौं जिल्ला अदालतमा क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरे ।

०७५ भदौ ३१ ान उनले अदालतमा दायर गरेको मुद्दाको फैसला सुनाउँदै काठमाडौं जिल्ला अदालतले क्षतिपूर्ति नपर्ने फैसला गर्यो ।

गत बर्षको साउन १७ गते उच्च अदालत पाटलमा सुवालले पुनः मुद्दा दायर गरेका थिए ।

उनको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीशद्वय ठाकुर प्रसाद शर्मा पौडेल र नातिबाबु लामिछानेको इजलासले काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै १५ हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको हो । -कान्तिपुर दैनिकबाट