
काठमाडौं, जेठ २६ । नेपालमा क्षयरोगका बिरामी पहिचान गरी उपचारको दायरामा ल्याउन अझै समस्या रहेको अन्तर्राष्ट्रिय अनुगमन अभियानले जनाएको छ ।
विश्व स्वास्थ्य संगठन र नेपाल क्षयरोग केन्द्रको संयुक्त सहयोगमा भएको अनुगमनले क्षयरोग निवारण गराउन नेपाल सरकारबाट सञ्चालन भएका कार्यक्रमहरु पर्याप्त नभएको जनाएको हो । अनुगमन अभियानका टिम लिडर डा.पल ननले धेरै क्षयरोगी अझै सम्पर्कमा आउन नसकेको र त्यसमा नेपाल सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताए ।
गत १४ महिनाको अवधिमा ३ प्रतिशत क्षयरोगी पत्ता लागेको भन्दै उनले क्षयरोग पत्ता लाग्ने ल्यावहरु राख्नु पर्ने र स्थानीय सरकारलाई पनि परिचालन गर्नु पर्ने सुझाव दिए ।
नेपालमा प्रत्येक वर्ष १३ हजार क्षयरोगका बिरामी सम्पर्कमै नआउने अनुमान गरिएको छ । प्रत्येक वर्ष ५ देखि ९ हजार बिरामीको क्षयरोगका कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
नेपालले सन् २०५० सम्म क्षयरोग निवारण गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस्