१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


वीपी प्रतिष्ठानमा उपचाररत आठ जना डिस्चार्ज


0
Shares

सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना निको भएर आठ जना डिस्चार्ज भएका छन् ।

प्रतिष्ठानको आईसोलेशन वार्डमा भर्ना भएका सुनसरी र उदयपुरका चार चारजना विरामी निको भएर डिस्चार्ज भएको वीपी प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।

डिस्जार्ज हुनेमा २ महिला र ६ पुरुष रहेका छन् । प्रतिष्ठानमा १५ हजार ३० जनाको पीसीआर परीक्षण गरिएको छ ।