Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


युरोकप फुटबलको छनोट खेलमा टर्कीले फ्रान्सलाई हरायो


0
Shares

काठमाडौं । युरोकप फुटबलको छनोट खेलमा टर्कीले फ्रान्सलाई हराएको छ ।

टर्कीको कोन्या शहरमा गएराति भएको खेलमा घरेलु टोलीले विश्व विजेता फ्रान्सलाई २–० ले पाखा लगायो ।

फ्रान्सविरुद्धको कठिन खेलमा टर्कीलाई विजयी गराउन कान ऐहान र सेन्गिज अन्डरले एक/एक गोल गरे ।

जितपछि टर्कीले समूह एच मा तीन खेलबाट ९ अंक जोड्दा फ्रान्सको ६ अंक भएको छ ।

युरोकप छनोटकै अर्को खेलमा जर्मनीले बेलारुसलाई २–० ले हराएको छ ।

बेलारुसलाई उसैको मैदानमा पराजित गर्न जर्मनीका लेरोए साने र मार्को रिउसले एक/एक गोल गरे ।

युरोकप छनोटकै अर्को खेलमा क्रोएसियाले वेल्सलाई २–१ ले हराउँदा बेल्जियमले काजखस्तानलाई ३–० ले पराजित गर्‍यो ।

यसैगरी रुसले सान मारिनोलाई ९–० ले पाखा लगाउँदा ईटालीले ग्रिसमाथि ३–० को जित निकाल्यो ।