तनहुँ, जेठ २५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकार अधिनायकवादतर्फ उन्मुख भएको दाबी गरेका छन् ।
शनिबार तनहुँको दमौलीमा भएको राष्ट्रिय जागरण अभियानलाई सम्बोधन गर्दै नेता पौडेलले देशलाई लोकतन्त्र र सुशासन आवश्यक भएपनि अहिलेको सरकार सुशासनमा चुकेको बताए ।
कांग्रेसको सरकारलाई उद्योग, कलकारखाना बेच्यो भनेर आरोप लगाउने कम्युनिस्ट सरकारले १५ महिनाको अवधिसम्म कुनै उद्योग स्थापना गर्न नसकेको आरोप उनले लगाए ।
वर्तमान सरकारले नयाँ योजना निर्माण गर्नुको सट्टा कांग्रेसको सरकार हुँदा सुरु गरेका विकास निर्माणका योजना उद्घाटनमात्रै गरेको नेता पौडेलको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्