Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


नेकपामा एकतिहाइ केन्द्रीय सदस्यद्वारा केन्द्रीय समिति बैठक माग


0
Shares

politics

काठमाडौं, साउन १४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एकतिहाइ सदस्यले केन्द्रीय समिति बैठक माग गरेका छन् ।

नेकपाभित्रको विवाद चर्किंदै जाँदा एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक कुनै निष्कर्षमा नपुगी अनिश्चित बनेपछि १५२ सदस्यले केन्द्रीय समिति बैठक माग गरेका हुन् ।

पार्टीभित्रको विवादले पार्टी एकता नै गम्भीर मोडमा पुगी पार्टी नै फुट्ने सम्भावना बढ्दै गएपछि केन्द्रीय समितिबाट निकास दिन बैठक माग गरिएको हो ।

नेकपा अन्तरिम पार्टी विधान २०७५ को धारा ५९ को ‘क’ (४) बमोजिम कमिटीका २५ प्रतिशत सदस्यहरूले लिखित माग गरेको खन्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बोलाउनुपर्ने प्रावधानअनुरुप केन्द्रीय समिति बैठकका लागि लिखित माग गरिएको हो ।

बैठक माग गर्ने अधिकांश केन्द्रीय सदस्यहरु माधव नेपाल समूह र केही अध्यक्ष पुष्पकमल दाहाल पक्षका छन् ।

विगत लामो समयदेखि केन्द्रीय समितिका सदस्यहरुले बैठक मागका लागि अनौपचारिक हस्ताक्षर कार्यक्रम चलाएपनि बुधबार औपचारिकरुपमै बैठकको माग गरिएको हो ।

पार्टी महासचिव विष्णु पौडेललाई बैठक मागको पत्र बुझाउने भनिएपनि उहाँ पार्टी कार्यालय धुम्बाराहीमा उपस्थित नभएपछि पार्टी केन्द्रीय कार्यालयमा बैठक मागको पत्र दर्ता गरिएको छ ।

Skip This