काठमाडौं । दुई अध्यक्षमध्ये केपी शर्मा ओलीले स्थायी समिति बैठक अचानक स्थगन गर्ने र पुष्पकमल दाहालले समर्थकहरू जुटाएर सञ्चालन गर्ने मंगलबारको दोहोरीले नेकपाको विवादले अझ नयाँ मोड लिएको छ।
बिग्रिँदै–मिल्दै गरेको अध्यक्षद्वयको सम्बन्ध यसले झन् कटुतातर्फ लगेको छ।
पार्टी एकतापछिको २६ महिनामा नेकपा सबैभन्दा जटिल मोडमा पुगेको छ। १० असारदेखि जारी स्थायी समिति बैठक रोक्ने वा चलाउने भन्नेमै नेताहरूबीच ‘महाभारत’ सुरु भएको छ।
दाहालसहित शीर्ष नेताले असार १६ को बैठकमा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीको राजीनामा माग गरेपछि विवाद चुलिएको थियो।
त्यसयता नेताहरूले पटक–पटक बैठक स्थगन गरी विवाद समाधानको प्रयास गरे पनि सहमति जुटेको छैन। त्यसकै उत्कर्ष मंगलबार नेकपाभित्र देखिएको हो।
बालुवाटार बैठक वैधानिक कि अवैधानिक?
स्थायी समिति बैठक मंगलबारका लागि साउन ६ गते नै तोकिएको थियो।
दाहाल–नेपाल पक्षले सोमबारै दुई चरणमा छलफल गरी मंगलबार बैठक नरोक्ने, निर्धारित एजेन्डामै बैठकलाई छलफलमा फर्काउने, प्रधानमन्त्रीको राजीनामाको विषय सरकार र पार्टी कामको समीक्षामा छलफलमा उठाउने, केन्द्रीय समिति बैठक बोलाएर जाने गरी तयारी गरेका थिए।
ओली पक्षले भने मंगलबार बिहान दुई अध्यक्षको छलफलपछि मात्र बैठक बस्ने÷नबस्ने टुंगो लाग्ने बताएको थियो । -अन्नपूर्ण पोष्ट दैनिकबाट










प्रतिक्रिया दिनुहोस्