१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


नायक सुदर्शन गौतमलाई पक्राउ गर्न क्यानेडियन प्रहरीलाई अनुरोध


0
Shares

काठमाडौं, जेठ २४ । मानव तस्करीको आरोप लागेका नेपाली चलचित्रका नायक सुदर्शन गौतमलाई पक्राउ गर्न नेपाल प्रहरीले क्यानेडियन प्रहरीलाई अनुरोध गरेको छ ।

विगत १० महिनादेखि फरार सूचीमा रहेका उनलाई नेपाल प्रहरीको अनुरोधमा गत अप्रिल २५ मा इन्टरपोलले ‘रेडकर्नर नोटिस’ जारी गरेको थियो ।

हामीसित कुरा गर्दै प्रहरी प्रवक्ता डीआइजी विश्वराज पोखरेलले गौतमलाई पक्राउ गर्न नेपाल प्रहरीले क्यानेडियन प्रहरीको सहयोग मागेको जानकारी दिए ।

उनले ‘अमेरिका पठाइदिने’ ठगी धन्दा चलाउँदै आएका थिए ।

दुई वर्षअघिमात्र सुदर्शनकै समूहले तीन युवतीलाई कलाकार बनाएर हाइटी पुर्‍याएको थियो । ती युवतीहरुलाई भारतको नयाँदिल्लीबाट रुस, स्पेन, बोगोटा, डोमेनिकन रिपब्लिका हुँदै हाइटी लगिएको खुलासा भएको थियो ।

हाइटीमा एक कम्पनी खडा गरी सिनेमाको सुटिङका लागि भनेर उनीहरूलाई सहजै त्यहाँसम्म पुर्‍याइएको थियो ।

गौतमले अवैधरुपमा लगेका कतिपय नेपालीहरुको बाटोमा नै मृत्यु भएको थियो भने केही महिनौं दिनसम्म अलपत्र परेका थिए । अलपत्र परेकाहरुलाई नेपाल फर्काएपछि उनको धन्दा उजागर भएको हो ।