
काठमाडौं । इङ्गलिस प्रिमियरसिपमा बढुवाको लागि भएको प्ले–अफ् खेलमा फुल्हमले महत्वपूर्ण अग्रता लिएको छ ।
गएराति भएको च्याम्पियनसिप प्ले–अफअन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा फुल्हमले कार्डिफ सिटीलाई २–० ले हरायो ।
फुल्हमका लागि जोश ओनोमाह र नीस्केन्स बेबानोले एक एक गोल गरे ।
८१ अंकसहित चौथो स्थानमा रहेर च्याम्पियनसिपको यो सिजन टुंग्याएको फुल्हमले इंग्लिस प्रिमियर लिगमा बढुवा हुनका लागि बाँकी रहेको एक स्थानमा पर्न अरु तीन क्लब ब्रेन्टफोर्ड, कार्डिफ र स्वान्सी सिटीलाई पछि पार्नु पर्ने हुन्छ ।
प्ले–अफको अर्को सेमिफाइनलमा स्वान्सी सिटीले ब्रेन्टफोर्डमाथि १–० को अग्रता लिएको छ ।
दुई लेगको सेमिफाइनलमा विजयी भएको टिमले प्रिमियर लिगमा बढुवाको लागि प्ले–अफ फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसिपको उपाधि विजेता लिड्स युनाईटेड र उपविजेता वेष्ट ब्रोम यसअघि नैं प्रिमियर श्रेणीमा बढुवा भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्