Logo १७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026


अनावश्यक सुचनाको पछि नलाग्न श्रम मन्त्रालयको आग्रह


0
Shares

काठमाडौं, साउन ९ । श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले जापान पठाउने भन्दै जापानी भाषा प्रशिक्षण केन्द्र, शैक्षिक परामर्श केन्द्र तथा सीप प्रशिक्षण केन्द्रहरुले विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत भ्रमपूर्ण सामग्री प्रेशित गरिरहेकाले त्यस्ता समाचारको पछि नलाग्न आग्रह गरेको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै वैदेशिक रोजगार विभागबाट आधिकारीक सुचना लिएर मात्रै भाषा परिक्षा तथा सिप परिक्षणको तयारी गर्न आग्रह गरेको छ ।

नेपाल सरकार र जापान सरकार बिच भएको सम्झौता अनुसार वैदेशिक रोजगार विभागको जापान ईकाई मार्फत कामदार छनौट हुने व्यवस्था रहेको र कामदार छनौटको परीक्षण पद्धतिमा निजी क्षेत्रका विभिन्न् संस्थाहरुको भूमिका समेत नहुने हुँदा यसका लागि रकम बुझाउनुको कुनै अर्थ नहुने समेत मन्त्रालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

नेपाल जापानको श्रम सम्झौता अनुसार जापानमा रोजगारी प्राप्त गर्न जापानि भाषा परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने र सम्बन्धित कार्यक्षेत्रको सीप परीक्षण प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने प्रावधान रहेको छ ।

सो अनुरुप दुवै परीक्षणहरु जापान सरकारकै तर्फबाट छनौट भएको र यसका लागि फाउण्डेशनले सञ्चालन गरेको भाषा र सीप परीक्षामा सहभागी भई उत्तीर्ण भएका उम्मेदवारहरु मात्र योग्य उम्मेदवार भएकोले त्यस्ता भ्रामक हल्लाको पछि नलाग्न समेत मन्त्रालयले आग्रह गरेको छ ।