 
	    काठमाडौं । अविरल वर्षा र बाढीपहिरोका कारण देशभरका चार राजमार्गमा बढी क्षति पुगेको छ । देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा प्रभावित भएको छ ।
वर्षा शुरु भएपछि यी सबै राजमार्गमा एक सय भन्दा बढी सडक बाढीपहिरोका कारण अवरुद्ध भएका छन् जसमा केही सडक खुलेका छन् भने केही खुल्न अझै समय लाग्ने बताइएको छ ।
सडक विभागले लगातार प्रयास गरिरहे पनि पुल बगाएको र नदीले सडक नै कटान गरेका स्थानमा वर्षा र नदीको बहाव कम नहुँदासम्म सडक सञ्चालन गर्न नसकिने जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक बिभागका अधिकृत लगायतको टोली सडक अनुगमनका लागि मौवाखोला पुगेका हन् ।
यात्रु र सवारीसाधनको चापका हिसाबले पृथ्वी राजमार्ग र अरनिको राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु मारमा परेका छन् ।
उता बेनी–जोमसोम सडक र साफेँबगर–मार्तडी सडकमा पनि पुल बगाएका कारण सडक अवरुद्ध भएको छ ।
भदौको १५ गतेसम्म वर्षा हुने भएकाले अझै कति क्षति हुन्छ भन्ने यकिन नभएको सडक विभागले स्पष्ट पारेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्