Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


पार्टी विवाद मत्थर पार्न मन्त्रीमण्डल हेरफेरको अर्को कार्ड फ्याक्दैं प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पनजर्गठन गर्ने तयारी अघि बढाउनुभएको छ ।

नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सो तयारी अघि बढाउनुभएको बुझिएको छ ।

सबैलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्न लागिएको हो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीबीच मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भइसकेको बताइएको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्र असन्तुष्ट रहेका माधव नेपाल, झलनाथ खानाल समूहका नेताहरुलाई समेत मन्त्री बनाउने गृहकार्य अघि बढाउनुभएको छ ।

गत असार १८ गतेको नेकपा स्थायी कमिटि बैठकमा स्थायी कमिटि सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

नेकपाभित्र उत्पन्न विवाद समाधानका लागि प्रधानमन्त्री ओली सबै असन्तुष्ट समूहलाई समेटेर अगाडि बढ्ने मनस्थितिमा पुग्नुभएको हो ।

अब पुनर्गठन गर्ने बेला दुई बर्षदेखि मन्त्री रहेकालाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने अध्यक्ष दाहालसँग सहमति गर्नुभएको छ ।

मन्त्रीमण्डलमा आफ्नो उपस्थिति नरहेकोमा असन्तुष्टि प्रकट गर्दै आउनुभएका वरिष्ठ नेता खनाल, उपाध्यक्ष वामदेव गौतमको समूह र वरिष्ठ नेता नेपाल निकट समूहका केही नेतलाई मन्त्री बनाउने सम्भावना रहेको छ ।

पूर्वमाओवादीबाट जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, पम्फा भुसाल र प्रभु शाहलगायत मन्त्री बन्ने सम्भावना रहेको छ । नेपाल समाचारपत्र दैनिकबाट