Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


आलोपालोमा सहमति भएको हो : वामदेव (भिडियो)


0
Shares

काठमाडौं, जेठ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले पार्टी अहिलेसम्म एकीकृत हुनै नसकेको बताएका छन् ।

एकीकरणका बेला नै आलोपालो प्रणालीमा सहमति भएको बताउँदै उनले सरकार र पार्टी सन्चालनमा दुई अध्यक्षको जिम्मेवारी नबाँडेकैले पार्टी एकीकृत हुन नसकेको बताए ।

नेकपा अध्यक्ष प्रचण्डले एक अध्यक्षले सरकार हाँक्ने र अर्कोले पार्टी हाँक्ने प्रस्ताव गरेको तर अध्यक्ष केपी ओलीले दुवैले दुवै हाँक्ने प्रस्ताव गरेपछि ‘हुन्छ’ भनेर मानेको नेता वामदेव गौतम बताउँछन् ।

नेता गौतमकाअनुसार को अध्यक्ष र को प्रधानमन्त्री बन्नेभन्दा पनि सरकार र पार्टी सन्चालन आलोपालो गर्ने सहमति भएको थियो ।

एकता महाधिवेशनसम्म सबै कुरा सहमतिमा गर्ने सहमति भएको भन्दै उनले कसले पार्टीको नेतृत्व गर्ने भन्ने विषय पनि सहमतिमै टुंगिने बताएका छन् ।

विवाद लम्बिनुको चुरो कुरो जिम्मेवारी बाँडफाँट नभएर हो भन्दै उनले एकीकरणमा समस्या नै यसैले पारेको बताए ।

सरकार सन्चालनमा पनि समस्या देखिएको भन्दै उनले प्रधानमन्त्रीले पार्टीसँग छलफल नगरी सरकार सन्चालन गरिरहेको आरोप लगाए ।

सरकारबाट गल्ती पनि हुनसक्ने भन्दै उनले आलोचना सुन्ने हिम्मत प्रधानमन्त्रीले देखाउनुपर्ने बताएका छन् ।

नेकपा एकीकरण घोषणा भएको गत जेठ ३ गते एक वर्ष पुगेर अर्को एक महिना पनि बित्न लागिसकेको छ । तर, पार्टी एकीकरणको सबै काम नटुंगिदा बेला–बेलामा अध्यक्षहरुका भनाइले शंका–उपशंका जन्माउने गरेको छ ।

भिडियो हेर्नुहोस्