
झापा । बर्षाका कारण कनकाई नदीको बाँध फुटेर गाउँ पस्दा झापा गाउँपालिकाका १ सय ३ परिवार विस्थापित भएका छन् ।
झापा गाउँपालिकाको वडा नम्बर १ मिलनबस्तीका ८३ र वडा नम्बर २ सडकबारीका २० परिवार विस्थापित भएका हुन् ।
कनकाई नदीमा आएको बाढी बस्ती पस्दा ठुलो क्षति पुगको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिनुभयो ।
वाढीबाट विस्थापितहरुलाई स्थानीय सितुमारी प्रावि र लक्ष्मी प्राविमा राखिएको छ ।
कनकाई माइको भेल घरघरमा पसेपछि दुवै वस्तीका मानिसहरुलाई मालसामान र चौपायासहित विद्यालयमा ल्याएर राखिएको अध्यक्ष साहको भनाई छ ।
वाढीबाट विस्थापित भएकालाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी, स्थानीय जनप्रतिनिधि लगायतले उद्धार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्