Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘सरकारले प्रेसलाई नियन्त्रणमा लिन खोज्यो’


0
Shares

अर्घाखाँची, जेठ २१ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले प्रेसलाई नियन्त्रणमा लिन खोजेको आरोप लगाएका छन् ।

मंगलबार अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा उनले कलमलाई रोकेर निरकुंशता ल्याउने उद्देश्यका साथ सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको जिकिर गरे ।

सरकारले ल्याएको विधेयक गलत रहेको भन्दै उनले सबै पत्रकारलाई एकजुट भइ डटेर सामाना गर्न पनि आग्रह गरे ।

यस्तै, बजेटले राष्ट्रिय गौरवका योजनालाई प्राथमिकतामा नराखेको र नेकपाको सरकारले चुनावी सरकारलेजस्तो बजेट ल्याएको टिप्पणीसमेत शर्माले गरे ।