काठमाडौं, जेठ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरु सम्झौताबाट आएको भन्दै संविधान पनि सम्झौतामै बनेकाले राम्रा र नराम्रा कुराहरु रहेको बताएका छन् ।
जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले जातीय भेदभाव र छुवाछूत उन्मुलनका लागि संविधानले व्यवस्था गरेको भएपनि कार्यान्वयनमा नआएको बताए ।
‘दलित भएकै कारणले अपमानित हुने, बलात्कृत हुने र विभिन्नखालका विभेदहरु सहनुपर्ने स्थितिको अन्त्य भएको छ त भनेर हेर्यो भने अहिलेपनि त्यस्तो भएकोचाहिँ छैन’–उनले भने ।
अध्यक्ष दाहालले थपे–‘संविधानमा धेरै राम्रा कुरा लेखिएपनि ती कुरा व्यवहारमा लागू गर्ने ठाउँमा जाँदा फेरि पुरानै प्रवृत्ति, पुरानै मानसिकता, पुरानै संस्कृति अहिलेपनि देखिन्छ ।’
कार्यक्रममा दलित आन्दोलनमा योगदान पुर्याउने दलित मोर्चाका अध्यक्ष तिलक परियारलाई इभा क्यासेल सामाजिक न्याय पुरस्कारबाट सम्मान गरिएको थियो ।
यस्तै, दलित समुदमयबाट पहिलोपटक सगरमाथाको सफल आरोहण गर्ने विजय घिमिरे विश्वकर्मा र कुमारी ज्ञानमालालाई पनि सम्मान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्