३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


प्रधानमन्त्रीले महिला सांसदलाई भने–‘संसदमा सक्रिय भूमिका खेल्नोस्’


0
Shares

काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभा र प्रतिनिधिसभाका महिला सांसदहरुलाई संसदमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।

शनिबार अखिल नेपाल महिल संघले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रत्येक घरपरिवारमा महिलाले अग्रणी भूमिका खेलिरहेको बताउँदै संसदमा पनि आफ्नो क्षमता प्रदर्शन गर्न आग्रह गरे ।

उनले मर्यादित र अध्ययनशील भएर निर्णय प्रक्रियामा सहभागी हुँदै राष्ट्रिय हीतमा लाग्न महिला सांसदहरुलाई निर्देशन दिए ।

लोकतन्त्रले सबैको अधिकारलाई सुनिश्चित गरेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारले महिलाको अधिकार र उनीहरुका जायज मागलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा महिला आन्दोलनमा सक्रिय भूमिका खेल्ने महिलाहरुलाई सम्मान गरिएको थियो ।