Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा


0
Shares

काठमाडौं । सर्बियन खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पेरिसको रोलाँ ग्यारोमा गएराति भएको खेलमा जर्मनीका यान लेनार्ड स्टर्पलाई ३–० को सोझो सेटमा हराउँदे जोकोभिच अन्तिम आठमा पुगेका हुन् ।

स्टर्फ विरुद्धको खेल शीर्ष वरियताका जोकोभिचले ६–३, ६–२ र ६–२ को सेटमा जिते ।

जोकोभिचले अब क्वाटरफाइनलमा अर्का जर्मन खेलाडी एलेक्जेन्डर भेरेभसँग खेल्नेछन् ।

गएरातिको जितसँगै जोकोभिच लगातार १० वर्ष फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनल पुग्ने पहिलो खेलाडी बनेका छन् ।