Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


विकास बजेटबाट सांसदलाई ल्यापटप


0
Shares

काठमाडौं, जेठ २१ । सरकारले विकास बजेटमा छुट्याएको केही रकम ‘ल्यापटप कम्प्युटर’ खरिदमा रकमान्तर गर्ने भएपछि संघीय संसद सचिवालयले खरिद प्रक्रिया अघि बढाएको छ ।

सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदका लागि ३३४ थान ल्यापटप खरिद गर्न प्रक्रिया सुरु गरेको हो । खरिदका लागि आइतबार बोलपत्र आह्वान गरिएको छ ।

आर्थिक वर्षको अन्तिममा आइपुग्दा विकासका लागि छुट्याइएको बजेट खर्च नभएपछि सांसदलाई ल्यापटप खरिद गर्न रकमान्तर गरिएको हो । –नागरिक दैनिकबाट