१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


ब्राउनसुगरसहित तीनजना पक्राउ


0
Shares

विवेक खड्का (इमेज)

दाङ, जेठ २० । दाङ प्रहरीले लागुऔषध खैरो हेरोइन (ब्राउनसुगर)सहित तीनजनालाई पक्रेको छ ।

आइतबार राति बा१९च ८८३३ नम्बरको हाइलेक्स गाडीमा नेपालगन्जबाट दाङतर्फ आइरहेको सूचनाका आधारमा उनीहरु समातिएका हुन् ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ निवासी ३६ वर्षीय गाडीचालक लक्ष्मण सापकोटा, नेपालगन्ज उपमहानगरपालिका–१५ निवासी ३२ वर्षीया गुड्डु कवडिया र सोही ठाउँ निवासी २४ वर्षीया रुक्सार कवडिया रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट कालो प्लास्टिकले बेरी सेतो प्लास्टिकमा पोको पारेर राखिएको खैरो हेरोइन १८० ग्राम बरामद गरेको जनाएको छ ।

उनीहरुको साथबाट नगद सात हजार रुपैयाँसहित तीनथान मोबाइल र गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाविरुद्ध लागुऔषध ओसार–पसार तथा बिक्री–वितरण कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।