
काठमाडौं, जेठ २० । महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा सोमबार राजधानीमा रजस्वला उत्सव मनाइएको छ ।
महिनावारीप्रति सकारात्मक भावना विकास गर्न कार्यक्रम गरिएको बुकवर्म फाउन्डेसनले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारी, लेखिका दुर्गा कार्की, पश्चिम नेपालमा प्रचलित एक रजस्वलासम्बन्धी प्रथामा आधारित उपन्यास ‘छाउघर’का लेखक राजसरगम गौतमलगायतले महिनावारीप्रति सकारात्मक सोच विकास गर्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्