Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


विश्वकप क्रिकेटमा बंगलादेशको विजयी सुरुवात, दक्षिण अफ्रिका २१ रनले पराजित


0
Shares

काठमाडौं । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात  गरेको छ ।

गएराती भएको खेलमा बलियो टिम दक्षिण अफ्रीकालाई २१ रनले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो ।

खेलमा बंगलादेशले दिएको ३ सय ३१ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ९ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान फाफ डु प्लेसिसले ६२ रन जोडेपनि टोलीको हार टार्न सकेनन् । बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमानले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३० रन बनाएको थियो ।

उसका लागि मुस्फिकर रहमानले ७८ रन जोड्दा शाकिब अल हसनले ७५ रनको योगदान दिए ।

जितसँगै बंगलानदेशले विश्वकप क्रिकेटको १२ औं संस्करणमा शानदार सुरुवात गरेको छ । दक्षिण अफ्रीका भने लगातार दोस्रो खेलमा पराजित भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई इंग्लण्डले हराएको थियो । प्रतियोगितामा आज इंग्लण्ड र पाकिस्तान भिड्नेछन् ।

पहिलो खेलमा इंग्लण्ड विजयी भएको थियो भने पाकिस्तानलाई वेष्ट इंडीजले हराएको थियो ।