
काठमाडौं । सरकार र सत्याग्रही युवाबीच गरिएको १२ बुँदे सहमति कार्यान्वयनमा ढिलाइ गरेको भन्दै स्वतस्फूर्त रुपमा युवाहरुको समूहले विहीबार मन्त्री क्वाटर हरिहरभवन अगाडी धर्ना दिएको छ ।
पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै १२ दिनसम्म अनसनमा बसेका युवाबीच गरिएको सहमतिको सरकारले बेवास्ता गरेको भन्दै उनीहरु धर्ना बसेका हुन् ।
पीसीआर परीक्षणको दायरा नबढाउँदा संक्रमितहरुको संख्या बढेको र क्वारेन्टाइन सुधारमा समेत कुनै पहल नभएको भन्दै रुष्ट भएका उनीहरुले अव मन्त्रीहरुको घरघरमै गई धर्ना दिने चेतावनी समेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्