Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ विधाको मनोनयन सार्वजनिक


0
Shares

काठमाडौं, जेठ १९ । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ विधाको मनोनयन सार्वजनिक भएको छ ।

वर्ष २०७५ मा गरेको प्रदर्शन र त्यसको मिडिया कभरेजको आधारमा क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन गरी पाँच जना पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् ।

मनोनयनमा परेका खेलाडीहरुलाई एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकहरुको मतलाई आधार मानेर विजेता घोषणा गरिने छ । 

एसएमएस भोटिङका लागि यसपटक पनि दि हिमालयन टाइम्सको टीएचटीसँग सम्झौता नवीकरण भएको छ । मनोनयनमा परेका खेलाडीहरुलाई पुरस्कारको दिन अर्थात् असार १७ गते बिहानसम्म मत दिन सकिने जनाइएको छ ।

पल्सर स्पोर्टस् अवार्डमा यसपटक पिपल्स च्वाइससहित १० विधामा खेलकर्मीहरु पुरस्कृत हुनेछन् । उत्कृष्ट पुरुष तथा महिला, पिपल्स च्वाइस र प्रशिक्षक विधाका विजेताले बजाज पल्सर मोटरसाइकल तथा अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।