
काठमाडौं । अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले (भिसा) बिक्रीमा मुछिएका छन् ।
काफ्लेले पदको दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारि गरेको पाइएको छ । उनले कति रकममा भिसा बेचे भन्ने अनुसन्धानकै क्रममा छ ।
विभागको स्टोर शाखामा रहेका भिसा स्टीकर उनले गोप्य ढंगले निकालेका थिए । त्यसपछि विचौलियाको सहयोगमा ती चिनियाँलाई रिलेसन(नातेदार) भिसा जारी गरेको खुलेको छ ।
तर, उक्त भिसाका लागि न आवश्यक कागजपत्र पेस भएको छ न त भिसा जारी गरेको रेकर्ड विभागसँग छ । केही थान भिसा स्टिकर अनधिकृत ढंगले बाहिरिएको रेकर्ड अध्यागमनसँग छ ।
विभागले थप अनुसन्धान र कारवाहीका लागि यससम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्