Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


ओम्नी प्रकरणमा तानिए उपप्रधानमन्त्री पोखरेल


0
Shares

काठमाडौं । लक डाउन सुरु भएलगत्तैको स्वास्थ्य सामाग्री खरिद अनियमिततामा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलसमेत तानिएका छन् ।

खरिदमा संलग्न प्रमुख तीन अधिकारीले पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशन अनुसार हतारमा खरिद प्रक्रिया अघि बढाउनुपरेको बताएपछि संसदको सार्वजनिक लेखा समितिले उनलाई बोलाउने भएको हो ।

‘स्वास्थ्य सामाग्री खरिदका विषयमा बुझ्न उच्चस्तरीय समन्वय समितिका संयोजकलाई बोलाउँछौं’, लेखा समितिका सभापति भरतकुमार शाहले भने ।

आफ्नो अधिकार नै नभएको छलफलमा सहभागी भएका कारण स्वास्थ्यमन्त्री भानुभक्त ढकाल यसअघि नै औषधि खरिदको अनियमिततामा जोडिइसकेका छन् ।

कागजी रुपमा तीतिगत निर्णयमात्रै संलग्न भएका उपप्रधानमन्त्री पोखरेललाई मंगलबार भएको लेखा समितिको बैठकमा प्रमुख तीन अधिकारीले तानेका हुन । -कान्तिपुर दैनिकबाट