Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


मापदण्डविपरीत बनेको होटल प्रधानमन्त्रीले उदघाटन गर्न मानेनन्


0
Shares

पोखरा । शनिवार बिहान पोखराको लेकसाइडस्थित स्विस इन्टरनेशनल होटल सरोबर उद्घाटन थियो ।

प्रधानमन्त्री केपी ओलीले उदघाटन गर्ने भनेर शिलालेख ढाकेर राखिएको थियो । 

ओली ढिला आए । केही मिनेट वित्न नपाउँदै अर्को सूचना आयो, ‘प्रधानमन्त्रीले होटल उदघाटन गर्नुभएन ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रदेश सांसद, पत्रकार लगायत उपस्थित थिए । ओली स्काउट कार्यक्रममा जाने, लुगा फेर्ने र खाना खान जाने मात्र भनियो ।

किन भएन उदघाटन ?

लेकसाइटमा रहेको १४ नम्बर (मीरा) गल्लीमा बनाइएको होटल नौ तले छ । संचालक भरत पहारीलाई विशेष अदालतले गत मंसिरमा भ्रष्टाचारको मुद्दामा दोषी ठहर्याएको थियो । ९८ लाख ९३ हजार रुपैंया बराबरको सम्पत्ति स्रोत नखुलेको भन्दै अदालतले उनलाई कैद तथा जरिवाना सुनाएको थियो । 

तर यता प्रधानमन्त्री निकट स्रोतका अनुसार उदघाटन गर्ने भनेर पहिल्यै समाचारमा आलोचना भएको र उदघाटनपछि थप आलोचना हुने डरले ओली उदघाटन नगरी फर्किएका हुन । होटल पोखरा महानगरको मापदण्ड विपरित बनेको चर्चा छ । -कान्तिपुर दैनिकबाट