चितवन, जेठ १८ । चितवनमा रोकिएको अन्तर्राष्टिय क्रिकेट रंगशालाको काम सुचारु गर्न आग्रह गर्दै भत्काइएको बार स्थानीयले ठड्याएका छन् ।
शनिबार बिहान रंगशाला निर्माणस्थलमा जम्मा भएका स्थानीय, विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिकर्मी, पेसाकर्मी, सुरक्षाकर्मी, सरकारी कर्मचारी, जनप्रतिनिधिसहितको समूहले बार ठड्याएको हो ।
भत्किएको बार ठड्याइएपछि स्थानीय जनप्रतिनिधिहरुले दोषीलाई कडा कारबाही गर्दै रंगशाला निर्माणका लागि सुरक्षा प्रदान गरिनुपर्ने बताए ।
रंगशाला निर्माणमा अवरोध पुर्याउनेलाई कारबाही गर्नुपर्ने तथा रंगशालाको बार भत्काउनेले बनाउनुपर्ने भन्दै र्यालीसमेत निकालिएको थियो ।
बार भत्काइएपछि रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम शनिबारदेखि सुरु भएको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्