चितवन, जेठ १७ । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको रामपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर गार्डेन रिसोर्टका कर्मचारीहरुले एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
शुक्रबार चितवनमा आयोजित कार्यक्रममा उनीहरुले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई रकम हस्तान्तरण गरेका हुन् ।
सोही कार्यक्रममा चितवनका निर्माण व्यवसायी रेगन पन्तले रंगशाला निर्माणका लागि दुई लाख रुपैयाँ सहयोगको घोषणा गरे ।
रंगशाला निर्माणका लागि चितवनबाट एक करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता आएपनि १५ लाख रुपैयाँमात्रै प्राप्त भएको फाउन्डेसनले जनाएको छ ।
कार्यक्रममा फाउन्डेसनका अध्यक्ष कट्टेलले रंगशालाको बार भत्काएको विषयले आफूहरुलगायत सबै नेपालीलाई दुःखी बनाएको भन्दै निर्भिकतापूर्वक काम गर्ने वातावरण बनाइदिन आग्रह गरे ।








प्रतिक्रिया दिनुहोस्