
काठमाडौं, जेठ १६ । नेपाल नेसनल अस्पताल कलंकीले दोस्रो वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सव कार्यक्रममा अस्पतालका महाप्रबन्धक एवं छातीरोग विशेषज्ञ डा. प्रकाश पौडेलले अस्पतालको सेवा २५ शय्याबाट १०० शय्यामा पुर्याउने घोषणा गरे ।
उनले अस्पतालले नवजात शिशु शल्यक्रियादेखि आइसीयु डायलाइसिस, एनआइसीयु, पीआइसीयु, ट्रमालगायतका सुविधा दिँदै आएको जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले निजी अस्पतालहरुले भौतिक पूर्वाधारसँगै गुणस्तरीय सेवामा ध्यान नदिएको भन्दै त्यसतर्फ जोड दिए ।
उनले न्यून आय भएका बिरामीका लागि अस्पतालहरुले निःशुल्क सेवा दिनुपर्ने बताउँदै आवश्यक सहयोग सरकारले गर्ने आश्वासनसमेत दिए ।
प्रतिक्रिया दिनुहोस्