Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


युरोपा लिगको उपाधि चेल्सीले जित्यो, आर्सनल पराजित


0
Shares

काठमाडौं । यस वर्षको युरोपा लिग फुटबलको उपाधि इङ्गलिस फुटबल क्लब चेल्सीले जितेको छ ।

गएराती अजरबैजानको बाकुमा भएको फाईनल खेलमा प्रिमियरसिप प्रतिद्धन्दी आर्सनललाई ४–१ ले हराउँदै चेल्सीले दोस्रो पटक युरोपा लिग जितेको हो ।

आफनै शहरको प्रतिद्धन्दी आर्सनलविरुद्धको खेलमा चेल्सीलाई विजयी गराउन एडिन हाजार्डले दुई गोल गरे ।

संभवतः चेल्सीका लागि अन्तिम खेल खेलेका हाजार्डले अर्को एक गोलका लागि अवसर मिलाइदिए ।

चेल्सीका लागि ओलिभर जिरु र पेड्रोले एक एक गोल थपे । आर्सनलका एलेक्स इओबीले सान्तोना गोल फर्काए ।

यो जितसँगै चेल्सीले युरोपा लिगमा दोस्रो तथा समग्रमा तेस्रो युरोपियन उपाधि जितेको छ ।

सन् २०१३ मा पहिलो पटक युरोपा लिग जितेको चेल्सीले २०१२ मा युएफा च्याम्पियन्स लिग जितेको थियो ।

गएराती पराजित भएपछि आर्सनलको भने आगामि सिजन च्याम्पियन्स लिग खेल्ने संभावना समाप्त भएको छ ।