Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंंगशालाको बार स्थानीयले भत्काए


0
Shares

विकास पौडेल (इमेज)

चितवन, जेठ १५ । चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् ।

बुधबार डोजरसहित गएका केही स्थानीयले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । उनीहरुले झन्डै एक किलोमिटरजति बार भत्काएका छन् ।

रंगशालाको पश्चिमतर्फ सडक निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले जग्गा छाड्नुपर्ने माग स्थानीयको थियो ।

केही दिनअघि यस विषयमा स्थानीयसँग फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले छलफल गरेका थिए ।

सो छलफलमा रंगशालाको पूरा डीपीआर आएपछि कति सडक छाड्ने भन्नेबारेमा निर्क्योल हुने भएकाले तत्काल काम गर्न दिन अनुरोध उनले गरेका थिए ।

बार भत्काउन प्रयोग गरिएको डोजर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न रहेको आरोपमा १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।