काठमाडौं, जेठ १५ । राष्ट्रिय वाणिज्य बैंकले थप दुई वर्षका लागि भलिबल लिगको प्रायोजन गर्ने भएको छ ।
नेपाल भलिबल संघ र वाणिज्य बैंकबीच थप दुई वर्षका लागि भलिबल लिगको प्रायोजन गर्ने सहमति भएको हो ।
बैंकले २०७६/७७ का लागि प्रायोजनवापतको रकम २४ लाख रुपैयाँ प्रदान गरेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले पाँचौं र छैटौं भलिबल लिग थप दुई वर्ष राष्ट्रिय क्लब लिगकारुपमा सन्चालन गर्ने जनाएको छ ।
कार्यक्रममा सहभागीहरुले भलिबल खेलको विकासका लागि अन्तर्राष्ट्रियस्तरको कभर्डहल निर्माण गर्न माग गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्