काठमाडौं, जेठ १५ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीस्वरुप राष्ट्रिय टिमको प्रशिक्षण बुधबारदेखि सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रारम्भिक चरणमा ७ खेलका खेलाडीलाई सहभागी गराएर प्रशिक्षण सुरु गरेको हो ।
आगामी मंसिरमा नेपालमै आयोजना हुने सागमा २७ खेल समावेश गरिएपनि बजेट अभावको कारण देखाउँदै राखेपले हाललाई ७ खेलकोमात्रै प्रशिक्षण थालेको हो ।
बुधबार बिहान ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराँते हलमा सागका लागि खेलाडीको विशेष प्रशिक्षण कार्यक्रमको औपचारिक सुरुआत गरियो ।
पाराग्लाइडिङ, सुटिङ, जुडो, भारोत्तोलन, आर्चरी, टेबलटेनिस र स्क्वास खेलको तयारी थालिएको हो । पहिलो चरणको प्रशिक्षण असार मसान्तसम्म चल्नेछ ।
हालै प्रदेश नम्बर–५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण र रजतपदक जितेका खेलाडीलाई विशेष प्रशिक्षणमा समावेश गरिएको राखेपले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्