Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावक आधारशिविर प्रस्थान


0
Shares

पोखरा, जेठ १५ । दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावक अन्नपूर्ण आधारशिविर प्रस्थान गरेका छन् ।

म्याराथनको प्राविधिक टोलीसहितका धावकलाई बुधबार आयोजक संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले पोखरामा बिदाइ गरे ।

खेल पर्यटनको विकास र विस्तारका लागि हुन लागेको म्याराथनमा ७० धावक सहभागी हुँदैछन् ।

अन्नपूर्ण आरोहण दिवसका अवसरमा आयोजित म्याराथन यही जेठ २० गते बिहान अन्नपूर्ण आधारशिविरबाट सुरु हुनेछ ।

अन्नपूर्ण बेसक्यापबाट सुरु हुने ४२.१९५ किलोमिटर दूरीको म्याराथन माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाँडापानी, भैंसीखर्क हुँदै घान्द्रुकमा समापन हुने म्याराथन प्राविधिक निर्देशक भूतपूर्व खेलाडी मञ्च नेपालका सल्लाहकार खड्कबहादुर रानाभाटले बताए ।

विजेता धावकले एक लाख पाँच हजार, उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

अन्नपूर्ण पदयात्रामार्गको पूर्वाधार विकास गरी त्यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले गत वर्षदेखि अन्नपूर्ण म्याराथनसहितको महोत्सव आयोजना गरेको हो ।