Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


वाम घोषणापत्र वरिपरि बजेट


0
Shares

काठमाडौं, जेठ १५ । वाम घोषणापत्रमा उल्लिखित केही एजेन्डालाई बेवास्ता गर्दा सत्तारुढ दल नेकपाभित्रै आलोचित बनेका अर्थमन्त्री युवराज खतिवडाले यसपटक वितरणमुखी कार्यक्रम राख्दै खुकुलो बजेट ल्याउने भएका छन् ।

सामाजिक सुरक्षा भत्ता, कर्मचारी तलव बृद्धि, केही उत्पादनलाई अनुदान, युवाका नाममा राजनीतिक कार्यक्रम, कृषि तथा स्वदेशी उद्योग भन्दै अनुदानलगायतका वितरणमुखी कार्यक्रमहरु बजेटमा घोषणा गरिँदैछन् ।

दुरुपयोग भनेर निकै आलोचित कार्यक्रम ‘सांसदलाई बजेट’ बारे अर्थमन्त्री खतिवडा मंगलबार रातिसम्म निर्णयमा पुगिसकेका छैनन् ।

स्रोतका अनुसार बजेटको आकार १५ खर्ब हाराहारी हुनेछ । यो बजेटका लागि १० खर्ब राजस्व उठाउने लक्ष्य छ । –कान्तिपुर दैनिकबाट