काठमाडौं, जेठ १४ । बुधबारदेखि सुरु हुने पहिलो संस्करणको एन्जल्स हार्ट राष्ट्रव्यापी अन्तरविद्यालय तथा कलेजस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
प्रतियोगितामा ९ देखि १२ कक्षासम्मका खेलाडीलेमात्र खेल्न पाउनेछन् ।
विजेताले उपाधिसहित एक लाख, उपविजेताले ५० हजार, तेस्रोले २५ हजार तथा सान्त्वना विजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल जित्दा व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही पाँच हजार रुपैयाँ पाउनेछन् ।
आयोजक एन्जल्स स्पोर्ट्स एकेडमी एन्ड रिक्रिएसन सेन्टरले काठमाडौंको मनमैजुस्थित एकेडमीको मैदान र ढोरपाटन स्पोर्ट्स क्लबको मैदानमा जेठ २१ गतेसम्म चल्ने प्रतियोगितामा पाँच दर्जन टिमले सहभागिता जनाउने जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्