काठमाडौं । शीर्ष खेलाडीहरु नोभाक जोकोभिच, रफायल नदाल र सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
फ्रान्सको पेरिसमा गएराति भएको खेलमा सर्बियन खेलाडी जोकोभिचले पोल्याण्डका हुबर्ट हुर्काजलाई ६–४, ६–२ र ६–२ को सेटमा पराजित गरे ।
यसैगरी साविक विजेता नदालले जर्मनीका यानिक हान्फमानलाई ६–२, ६–१ र ६–३ को सेटमा पराजित गरे ।
फ्रेन्च ओपन टेनिसको महिलातर्फ बेलायतकी जोहाना कोन्टाले दोस्रो चरणमा स्थान बनाएकी छन् ।
उनले जर्मनीकी एन्टोनियो लोथरलाई ६–४ र ६–४ को सेटमा पराजित गरिन् ।
अर्की दावेदार सेरेना विलियम्स पनि दोस्रो चरणमा उक्लिईन् ।
अमेरिकी खेलाडी सेरेनाले पहिलो चरणको खेलमा रुसकी भितालिया दियाचेन्कोलाई २–१ को सेटमा हराउँदै सेरेना दोस्रो चरणमा पुगिन् ।
भितालिया विरुद्धको खेल सेरेनाले २–६, ६–१ र ६–० को सेटमा जितिन् ।








प्रतिक्रिया दिनुहोस्