Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


अध्यक्ष दाहालद्वारा मिडिया काउन्सिल विधेयकको बचाउः ‘प्रेस जगतमा अराजकता छ’


0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयकको बचाउ गरेका छन् ।

१७ औं कृष्णसेन स्मृति दिवसका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा अध्यक्ष दाहालले अराजकता र प्रेस स्वतन्त्रता फरक–फरक कुरा भएको भन्दै सरकारले ल्याएको विधेयकको बचाउ गरेका छन् ।

उनले प्रेस जगतमा अराजकता रहेको र त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष दाहालले पार्टीभित्र सवै नेतालाई व्यवस्थापन गर्न मुस्किल भइरहेको बताए । उनले गुटगत व्यवहार मौलाएकाले व्यवस्थापनमा कठिनाई भएको स्पष्ट पारे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रता खतरामा नभई समृद्धिको अवस्थामा पुर्‍याउने दाबी गरे ।

उनले सञ्चारमाध्यममाथि नियन्त्रण गर्न नभई नियमनका लागि सरकारले विधेयक ल्याएको जिकिर गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चारमाध्यमप्रति सत्तारुढ दल नेकपाको नीति गलत बन्दै गएको आरोप लगाए ।

उनले पत्रकारका संगठनहरु पार्टीका भ्रातृ संगठन नभएको भन्दै आफूहरु स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको जिकिर गरे ।