३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


भरुवा बन्दुकसहित दुई जना पक्राउ


0
Shares

चितवन, जेठ १२ । चितवनमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका–२९, ईन्द्रेणी सामुदायिक वनभित्र माटोमुनी लुकाई राखेको अवस्थामा प्रहरीले तीन थान भरुवा बन्दुकसहित भरतपुर निवासी ३५ वर्षीय सोमबहादुर गुरुङ र ३४ वर्षीय सुर्य बहादुर चेपाङलाई पक्रिएको हो । पक्राउ परेका गुरुङ र चेपाङकै समूहका सुकबहादुर चेपाङ भने गत शुक्रबार आफैंले बोकेको बन्दुक पड्केर घाइते भई अस्पताल भर्ना भएको प्रहरीले जनाएको छ । 

उनीहरु तीनैजना जंगलमा शिकार खेल्न जाने गरेको पनि चितवन प्रहरी बताएको छ ।