१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


न्यायाधीशका अंगरक्षक हवल्दार खतिवडाले गोली हानी गरे आत्महत्या


0
Shares

सुनसरी । जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकर राईका अंगरक्षक प्रहरी हवल्दारले ओमप्रकाश खतिवडाले गोली हानी आत्महत्या गरेका छन् ।

गएराती आफैंले बोकेको पेस्तोलले गोलीहानी आत्महत्या गरेका हुन् । आफंैले बोकेको पेस्तोलबाट गोली हानी आत्महत्या गरेको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिनुभयो ।

हवल्दार खतिवडाले जिल्ला अदालत परिसरमा नै कन्चटमा चाईनीज पेस्तोलले गोली हानी आत्महत्या गरेको बताइएको छ ।

अदालत परिसरमा रहेको प्रहरी व्यारेकमा बसेका उनी अदालतको छतमा गएर आफैले गोली हानेर बेहोस भएका थिए ।

गम्भीरर घाईते भएपछि उनको बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा लैजाँदै गर्दा मृत्यु भएको हो ।