
दैलेख, जेठ १२ । दैलेखको भैरवी गाउँपालिका–६ कुटि भन्ने स्थानमा अज्ञात समूहले स्थानीय गोविन्द बहादुर सिंहको हत्या गरेको छ ।
घरमै सुतिरहेका २५ वर्षीय सिंहको गएराति ११ बजेतिर धारिलो हतियार प्रयोग गरी हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
हत्याराको खोजी भइरहेको र हत्याको कारणबारे अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले बताए ।
प्रतिक्रिया दिनुहोस्